नेकपाले मंसिर ११/१५ सम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ११/१५ मंसिरसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

नेकपाको केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

एक नेताकाअनुसार जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा र जनसंगठनहरूको संगठनात्मक समायोजनको काम सम्पन्न गर्ने तय भएको छ ।

त्यस्तै, असारदेखि साउनसम्म श्रम शिविर सञ्चालन गर्ने, सदस्यता नवीकरण गर्ने काम सकेपछि तल्लो तहको अधिवेशन गर्ने उल्लेख छ । १५ भदौसम्म वडा अधिवेशनहरू सम्पपन गर्ने, भदौ मसान्तसम्म पालिका अधिवेशनहरू सक्ने उल्लेख छ ।

असोज मसान्तसम्म जिल्ला अधिवेशन, १५ कात्तिकमा प्रदेश अधिवेशन सकेपछि राष्ट्रिय महाधिवेशन हुनेछ । महाधिवेशनको कार्याविधि पछि पठाइने छ ।

 

प्रकाशित : 27 April, 2026

प्रतिक्रिया दिनुहोस्