घरधनीले आफ्नो घर पनि भत्किने त्रासमा टाँसे लालपुर्जा

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १८, सरकारले काठमाडौंका अव्यवस्थित र सुकुमवासी बस्ती हटाउने काम जारी राखेको छ ।

दोस्रोचरण अन्तर्गत आज शुक्रबार बल्खु, माछापोखरी, शंखमुललगायत क्षेत्रमा अहिले डोजसरले घररटहरा भत्काइरहेको छ ।

सुकुमवासी बस्ती भत्काउने क्रममा लालपुर्जा भएका घरधनीले आफ्नो घर पनि भत्किने त्रासमा घरको भित्तामा देखिने गरी लालपूर्जाको प्रतिलिपि टाँसेका छन् ।

शंखमुलको सुकुमवासी बस्तीछेउका नम्बरी जग्गामा घर निर्माण गरेकाहरूले यसरी घरको भित्तामा लालपूर्जाको प्रतिलिपि टाँसेका हुन् ।

 

 

 

 

प्रकाशित : 1 May, 2026

प्रतिक्रिया दिनुहोस्