आजको डलर र युरोको विनिमयदर

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २२, आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिककी डलर एकको खरिद दर १५१.८५ र बिक्री दर १५२.४५ रहेको छ । सोमबार खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ थियो आज युरोको खरिद दर १७७.६८ र बिक्री दर १७८.३८ रहेको छ । सोमबार खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ थियो ।


यस्तै, आज पाउण्ड स्टर्लिङको खरिद दर २०५.६५ र बिक्री दर २०६.४६ रुपैयाँ रहेको छ । स्वीस फ्रयांकको एको खरिद दर १९३.७० र बिक्री दर १९४.४६, अष्ट्रेलियन डलरको एकको खरिद दर १०९.०४ र बिक्री दर १०९.४७ रुपैयाँ रहेको छ । जापानी येन १० को खरिद दर ९.६६ र बिक्री दर ९.७० रहेको छ भने दक्षिण कोरियन वनको १०० को खरिद दर १०.३१ र बिक्री दर १०.३५ रहेको छ ।

 

 

प्रकाशित : 5 May, 2026

प्रतिक्रिया दिनुहोस्