सरकारविरुद्ध माइतीघरमा सुकुमवासीको प्रदर्शन
सहयात्रा टिभी
काठमाडौँ । बैशाख २५ ,सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू काठमाडौंको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंका विभिन्न क्षेत्रबाट विस्तापित भएका अव्यवस्थित र सुकुमवासी बस्तीका नागरिकहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले डोजर चलाउन बन्द गर, व्यवस्थापन गर, विस्थापन होइन न्याय देऊ, मानव अधिकार देऊलगायत लेखेको प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । काठमाडौंका १६ बस्तीबाट नौ दिनमा १५ हजार बढी विस्थापित भएका छन् ।
सरकारले विस्थापितहरूलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको छ ।
