सुकुमवासी बस्ती हटाउने सूचनापछि धनुषामा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २५ , नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुमवासीले प्रदर्शन गरेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना जी गरेको थियो । यसको विरोधमा आज बिहानै सुकुमवासीहरुले जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगरस्थित औरही पुलमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो ।

 

 

प्रकाशित : 8 May, 2026

प्रतिक्रिया दिनुहोस्