बराह ग्रुप अध्यक्षले पनि विशेष अपिल भन्दै मागे सरकारसँग गुहार

सहयात्रा टिभी

काठमाडौँ । जेठ १ , धरान उपमहानगरपालिकाले आफ्नो काबु बाहिरको परिस्थिति भएको भन्दै समाधानका लागि सरकारको सहयोग माग गरेपछि बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिवकुमार विश्वकर्मा लामिछानेले पनि विशेष अपिल भन्दै सरकारसँग गुहार मागेका छन् ।

हाल भूमिगत रहेका बराह ग्रुप अध्यक्ष लामिछानेले अपिल जारी गर्दै बराह समूहका तर्फबाट नेपाल सरकार, नियामक निकाय तथा सम्पूर्ण सरोकारवाला समक्ष वर्तमान जटिल परिस्थिति गम्भीरतापूर्वक मनन गरी आवश्यक सहयोग, सहकार्य तथा सहजीकरण प्रदान गरिदिन अनुरोध गरेका हुन् ।

बराह सहकारी तथा बराह ग्रुपले सर्वसाधारण बचतकर्ताको ११ अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेपछि धरान उपमहानगरले २२ भदौ २०८२ मा समस्याग्रस्त घोषणा गरेको थियो ।

 

प्रकाशित : 15 May, 2026

प्रतिक्रिया दिनुहोस्