२०८३ साल जेठ ३ गते आइतबारको राशिफल
सहयात्रा टिभी
काठमाडौँ । जेठ ३ , आज २०८३ साल जेठ ३ गते आइतबार। जेठ शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ मे १७ तारिख । गोसाइकुण्ड स्नान आरम्भ,अधिकमास आरम्भ,मत्स्यनारायण मेला शुरू,विश्व दूरसञ्चार दिवस र विश्व उच्च रक्तचाप दिवस आजै परेका छन् । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष : दिन राम्रो छ । आम्दानी बढ्ने छ। आज घुमफिरको योजना बन्न सक्छ। बोलीमा सरस्वतीको बास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने समय छ।
वृष : दिन धेरै राम्रो छ । रमाइलो यात्राले दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।
मिथुन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सामाजिक क्षेत्रमा मान र प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। आज सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ।
कर्कट : पेट सम्बन्धी समस्या बढ्नसक्छ। धेरै काम गरेर थोरै बोल्नुपर्ने समय आएको छ। परिवारमासमेत विरोध हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। खानपानमा विशेष ध्यान दिनु उचित हुन्छ ।
सिंह : परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भने अवसर प्राप्त हुने योग रहेको छ। शिक्षामा गरेको मिहिनेतको फल मिल्ने छ ।
कन्या : व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ। परिवारमा तपाईंको निर्णय कार्यान्वयन नहुने अवस्था छ।
तुला : योजना अनुसार काम बन्नेछ। घरमा मिठो पाक्ने छ। साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन्। पारिवारिक मेलमिलाप हुनेछ। लामो समयदेखि बनेको योजना सफल बन्ला ।
वृश्चिक : मन अशान्त बन्नेछ। पिपललाई दाहिनु पारेर गरेको यात्रा सफल बन्नेछ। बन्धुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
धनु : राज्यको माथिल्लो निकायबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। व्यापारमा नाफा होला ।
मकर : सञ्चित धन खर्च हुनेछ। आफन्तबाट धोका हुनसक्ने जोखिम छ। धार्मिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। धार्मिक र बौद्धिक व्यक्तिसँगको भेटले दिन सहज बन्नेछ।
कुम्भ : योजना सहजै सफल बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सहकार्य गरेमा नाफा हुनेछ ।
मीन : सम्पत्ती कमाउने दिन छ। अरुसँग नम्र शैलीमा प्रस्तुत हुनुपर्ने समय छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। व्यापारमा फाइदा हुनेछ ।
