बैतडी जिल्ला अस्पतालको पुरानो गोदाममा आगलागी

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३ , जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ ।

आइतबार दिउँसो करिब साढे ३ बजेको समयमा आगलागी भएको हो ।

आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

गोदाममा पुराना प्रयोग भइसकेका स्वास्थ्य सामग्री र लिलामी प्रक्रियामा रहेका सामग्रीहरू रहेको प्रहरीले बताएको छ ।

नजिकै फोहोर जलाउन बालिएको आगोबाट आगलागी भएको बडूले बताए । आगो कसरी सल्कियो भन्नेबारे नखुलेको उनले बताए ।

 

 

 

 

प्रकाशित : 17 May, 2026

प्रतिक्रिया दिनुहोस्