प्रस्तावित प्रधानन्यायाधीशलाई वर्षमान पुनले गरे ५ प्रश्न
सहयात्रा टिभी
काठमाडौँ । जेठ ३ , नेकपा सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीशलाई विभिन्न प्रश्न गरेका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ चलिरहेको छ । यसैबीच सांसदहरूले उनलाई विभिन्न प्रश्नहरू राखिरहेका छन् । सो क्रममा पुनले केही प्रश्न राखेका छन् ।
नेपोबेबी भन्ने आएको छ । पारिवारिक फेबर छ भन्ने छ । अदालतम ग्रुपिजम र फेबरको कुरा छ । यसमा आगमी दिनम कसरी काम गर्नुहुन्छ ?
–कार्यसम्पादनमा पनि प्रश्न छ । न्यायीक निरुपणमा न्यायिक मनको कुरा भएन भन्ने आएको छ न्यायपालिका, कार्यपालिका र ब्यबस्थापिकाप्रति किन नागरिक प्रश्न छ ?
–न्यायालयमा भ्रष्टाचार छ भन्ने हरिकृष्ण कार्कीको रिपोर्टमा छ । यसबारे सुधार कसरी काम गर्नुहुन्छ ?
–संक्रमणकालीन न्यायप्रति यहाँको धारणा के छ ?
–स्टे अर्डरले काम रोकिराखेको हुन्छ । विकास फ्रेन्डली न्यायालय कसरी बनाउने ?
