सरकारलाई सिटको दम्भ छ : सांसद राजेन्द्र राई

सहयात्रा टिभी

काठमाडौँ । जेठ ६, नेकपा (एमाले)का सांसद राजेन्द्र राईले सरकार विधि र लोकतान्त्रिक मूल्य विपरीत चलेको आरोप लगाएका छन् ।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले सरकार बहुमतको दम्भ देखाएर शासन सञ्चालन गरिरहेको आरोप लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टी समाज र जनताको सेवाबाट नभई गैरराजनीतिक ढंगले आएको टिप्पणी पनि उनको थियो ।

सांसद राईले सरकारलाई लोकतन्त्र र विधिको शासनप्रति विश्वास नभएको आरोप लगाउँदै लोकतान्त्रिक प्रणाली कमजोर पार्ने प्रयास भइरहेको बताए । साथै, गणतन्त्र र लोकतन्त्रको नाममा भाषण मात्र भइरहेको तर मुलुक निर्माणका लागि ठोस आधार प्रस्तुत गर्न नसकिएको टिप्पणी उनको थियो ।

‘यो सरकारलाई लोकतन्त्रमा विश्वास पनि छैन । विधिको शासन उल्ट्याउन चाहान्छ । र हामीले ल्याएको लोकतन्त्र र गणतन्त्रमा झण्डा फैल्याएर भाषण गरेर हिँडेका छन् । तर मुलुक बनाउने आधार खै त रु,’ राईले भने ।

 

प्रकाशित : 20 May, 2026

प्रतिक्रिया दिनुहोस्