बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने

सहयात्रा टिभी

काठमाडौँ । जेठ ८, बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो । मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

 

 

 

 

प्रकाशित : 22 May, 2026

प्रतिक्रिया दिनुहोस्