होल्डिङ सेन्टर नागरिकको अन्तिम ठेगाना बन्न हुँदैन : सुहाङ नेम्वाङ
सहयात्रा टिभी
काठमाडौं । जेठ ११, नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नागरिकका लागि होल्डिङ सेन्टर अन्तिम ठेगाना बन्न नहुने बताएका छन् ।

कानुन, न्याय तथा संसदीय समितिमा आफ्नो धारणा राख्ने क्रममा उनले राज्यको दायित्व केही समय आश्रय दिनु मात्र नभएको जिकिर गरे । राज्यलाई केही सुझाव दिँदै उनले नागरिकलाई सम्मानसहित आफ्नै जीवनतर्फ फर्किन सक्ने विश्वास दिनु राज्यको दायित्व हुन आउने बताए ।
मानव अधिकारको प्रश्न त्यतिमै समाप्त नहुने बताउँदै नागरिकलाई केही समय सुरक्षित राख्नु र नागरिकलाई सम्मानसहित बाँच्न सक्ने अवस्था निर्माण गर्नु फरक विषय रहेको बताए ।
नेपालको संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको बताउँदै उनले धारा ३७ ले आवासको हकलाई मौलिक हक र धारा ३९ ले बालबालिकाको संरक्षण र शिक्षाको अधिकार सुनिश्चित गरेको विषय सम्झाए ।
१। न्यूनतम मानव अधिकार मापदण्डसहित कार्यविधि बनाइयोस् ।
२। प्रत्येक परिवारलाई पुनर्स्थापनाको स्पष्ट योजना र समयसीमा दिइयोस् ।
३। शिक्षा, स्वास्थ्य, रोजगारी र मनोसामाजिक सहयोगलाई अधिकारका रूपमा सुनिश्चित गरियोस् ।
४। प्रभावित समुदायलाई निर्णय प्रक्रियामा सहभागी बनाइयोस् ।
