रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच आज भेटवार्ता हुने

सहयात्रा टिभी

काठमाडौं । जेठ १९ , राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन् ।

पाँच दिने भारत भ्रमणमा रहेका सभापति लामिछानेले गृहमन्त्री शाहसँग भेटवार्ता गर्न लागेको उनको सचिवालयस्रोतले जानकारी दिएको छ ।

भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने लामिछानेले अपेक्षा गरेको स्रोतले बतायो ।

 

 

 

प्रकाशित : 2 June, 2026

प्रतिक्रिया दिनुहोस्