१६६ मेगावाटको सुपर तमोर आयोजनालाई जुट्यो १९ अर्ब ऋण

सहयात्रा टिभी

काठमाडौं । जेठ २० , १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाका लागि ऋण लगानी जुटेको छ । उक्त आयोजनामा ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

साथै सिद्धार्थ बैंकले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले ४ अर्ब, प्रभु बंैकले ३ अर्ब ५० करोड, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबीआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भएको छ ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाँउपालिकाका स्थित तमोर नदिमा निर्माण हुने १६६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ । सम्झौताअनुशार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट लगानी व्यवस्थापन गरिनेछ ।

यो आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्ष भित्र निर्माण सम्पन्न हुने छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी क्रिष्टल पावर डेभलपमेन्ट र सहभागी बैंकहरूबीच ऋण सम्झौता भएको हो ।

 

 

प्रकाशित : 4 June, 2026

प्रतिक्रिया दिनुहोस्