फिफा विश्वकपको २३औं संस्करण सुरु हुन दुई दिन बाँकी

सहयात्रा टिभी

काठमाडौँ । जेठ २६, फिफा विश्वकप इतिहासकै सबैभन्दा ठूलो र भव्य फुटबल विश्वकपको २३औं संस्करण फिफा विश्वकप २०२६ अब केही दिनमै उत्तर अमरिकी महादेशमा सुरु हुँदैछ ।

फिफा विश्वकप २०२६ अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ, जसमा पहिलो पटक ४८ टोलीहरूले १०४ खेल खेल्नेछन् । मेक्सिकोको ऐतिहासिक एज्टेका स्टेडियम तीनवटा विश्वकप आयोजना गर्ने विश्वकै पहिलो स्टेडियम बन्दै जुन ११ मा उद्घाटन खेल खेलाउनेछ ।
विश्वकपको फाइनल खेल १९ जुलाई २०२६ मा अमेरिकाको न्यूयोर्कस्थित ८२,५०० भन्दा बढी क्षमता भएको मेटलाइफ स्टेडियममा हुनेछ । २६ जेठ, काठमाडौं । फुटबलको महाकुम्भको प्रतिक्षा गरिरहेका विश्वभरका फुटबल प्रेमीहरूका लागि अब प्रतिक्षाको घडी सकिन लागेको छ ।

फिफा विश्वकप इतिहासकै सबैभन्दा ठूलो र भव्य फुटबल विश्वकपको २३औं संस्करण फिफा विश्वकप २०२६ अब केही दिनमै उत्तर अमरिकी महादेशमा सुरु हुँदैछ । आयोजकको संख्यादेखि सहभागी टिम र खेल संख्याको कीर्तिमानमा यस पटकको विश्वकपमा धेरै कुराहरू पहिलो पटक हुँदैछन् । जसले यसलाई अझ विशेष बनाएको छ ।

फिफा विश्वकप २०२६ को सुरु हुने मिति, पूर्ण खेल तालिका, आयोजक राष्ट्रहरू र फाइनल खेलको विस्तृत जानकारी तल प्रस्तुत गरिएको छ ।

 

 

प्रकाशित : 9 June, 2026

प्रतिक्रिया दिनुहोस्