रास्वपा बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित
सहयात्रा टिभी
काठमाडौँ । जेठ२७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले हाललाई निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी दिइन् । निर्वाचन कार्यक्रम स्थगित भएपछि अधिवेशनस्थल सुनसान भएको छ ।
मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको हो । २४ घण्टाभित्र अर्को सूचना जारी गरिने संयोजक पण्डितले जानकारी दिइन् ।
निर्वाचन समितिले मंगलबार अव्यवस्थित रूपमा हस्तलिखित मतदाता नामावली प्रकाशन गरेको थियो । मंगलबार नै मतदाता नामावली प्रकाशनमा प्रश्न उठे पनि निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढाएको थियो ।
प्रहरीले अधिवेशनमा आएका प्रतिनिधिहरूलाई ञतपाईंहरूको नेताहरू नै यहाँ हुनुहुन्न, जानुसझ भनेर अधिवेशनस्थल खाली गराइसकेको छ ।
