संसद् बैठक सुरु नै नभइ सर्‍यो आजै दिउँसो २ बजे बस्ने

सहयात्रा टिभी

काठमाडौँ । जेठ२७, सुरु नै नभइ प्रतिनिधिसभाको बैठक सरेको छ । बिहान ११ बजेका लागि तय भएको बैठक निर्धारित समयमा सुरु हुन सकेन ।

 

दुई घण्टासम्म पनि बैठक सुरु हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी सरेको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक बस्ने समय परिवर्तन भएको सम्बन्धी सूचना निकालेका छन् ।

‘बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ ।

 

 

 

प्रकाशित : 10 June, 2026

प्रतिक्रिया दिनुहोस्