राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
सहयात्रा टिभी
काठमाडौँ । असार २, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ गरेको छ ।

अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि सादा पोशाकको प्रहरीको नियन्त्रणमा रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । थापा राष्ट्रिय सभाका सदस्य सुनिल थापाका छोरा हुन् । अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा उनीहरु प्रहरी नियन्त्रणमा पुगेका हुन् ।
