रास्वपा कर्णाली सभापतिमा मदन खड्का निर्वाचित
सहयात्रा टिभी
काठमाडौँ । असार ३, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदन खड्का विजयी भएका छन् । खड्का २८८ मतसहित प्रदेश सभापतिमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वीहरु स्नेहा उपाध्यायले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरे । खड्का यसअघि पनि कर्णाली प्रदेश सभापतिको जिम्मेवारीमा थिए । पार्टीभित्रको विवाद र आन्तरिक कलहकाबीच सम्पन्न निर्वाचनबाट उनी पुन: सभापतिमा चयन भएका हुन् ।
आइतबारदेखि सुरु भएको रास्वपाको प्रथम अधिवेशन सोमबार साँझसम्म नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास गरिएको थियो । तर, सर्वसम्मत सम्भव नभएपछि मंगलबार दिउँसो मतदान गरिएको थियो ।
अधिवेशनमा ५ सय ३० प्रतिनिधिले सहभागिता जनाएकोमा ४ सय जनाले मतदानमा भाग लिएका थिए । सभापतिका प्रत्यासी बस्नेतले मतदान सकिएपछि प्रतिनिधि छनोटमा एकलौटी भएको जनाउँदै अधिवेशन स्थगित गर्न रास्वपा केन्द्रीय कार्यालय र निर्वाचन समितिमा उजुरी दिएका थिए ।
