मधेश अधिवेशनबारे सांसदहरूसँग रवि छलफलमा

सहयात्रा टिभी

काठमाडौँ । असार ३, रास्वपा सभापति रवि लामिछाने पार्टीको मधेश अधिवेशनबारे मधेश प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन् ।

सिंहदरवारस्थित रास्वपा संसदीय दलको कार्यालयमा मधेश प्रदेशका सांसदहरूसँग छलफल जारी छ ।

मधेशमा रास्वपाको पर्सा जिल्ला बाहेक अन्य जिल्लामा अधिवेशन हुन सकेको छैन । अधिवेशन नभएका पालिका र वडा तह पनि मधेशमै धेरै छन् ।

अन्य ६ प्रदेशमा अधिवेशन गरेर नयाँ नेतृत्व आइसक्दा आन्तरिक विवादका कारण मधेश समितिको अन्योलता कायमै छ । यही सन्दर्भमा लामिछानेले मधेशका सांसदहरूसँग छलफल गरेका हुन् ।

 

प्रकाशित : 17 June, 2026

प्रतिक्रिया दिनुहोस्