लोप हुँदै थारु समुदायको ‘ढकिया’

सहयात्रा टिभी

काठमाडौँ । असार ५, थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् ।

सुनसरीको इनरुवा नगरपालिका-२ स्थित बिहीबारे हटियामा छठ पर्वका लागि बाँसबाट निर्मित ढाकीलगायतका सामग्री किनमेल गर्दै स्थानीय । ढाकी स्थानीय बजारमा ३०० देखि ३५० र कुनिया सय रुपियाँ गाेटाले बिक्री हुने व्यापारी बताउँछन् । तस्बिरः नवीन गड्तौला/रासस

नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्नसकेमा मात्रै यो संरक्षण हुनसक्ने थारु अगुवा खुसीराम चौधरीले बताउनुभयो ।

थारु समुदायले पूजाआजासहित विभिन्न शुभकार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ । थारु अगुवा रुपलाल चौधरीका अनुसार कुनै औपाचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ ।

दाङमा थारु समुदायको बाहुल्यता रहेको जिल्ला भए पनि यहाँका थारु समुदायले ढकिया बुन्न छोडेको रुपलालको भनाइ छ । उनले ढकियालाई दाङको चिनोका रुपमा विकास गर्नुपर्ने बताए ।

ढकिया निर्माणसम्बन्धी तालिम, व्यावसायिक उत्पादनका लागि आर्थिक सहयोग, बजारीकरणलगायत क्षेत्रमा स्थानीय सरकार र अन्य सरोकार भएका निकायले समन्वय गरी युवा पुस्तामा यसप्रति आकर्षण बढाउनुपर्नेमा रुपलालले जोड दिए । युवा पुस्ताको सहभागितामा ढकिया संरक्षण गर्दै स्वरोजगारका अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ ।

 

प्रकाशित : 19 June, 2026

प्रतिक्रिया दिनुहोस्