चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीब्र

सहयात्रा टिभी

काठमाडौँ । असार ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारिएको छ ।

भोलि ६ गते साँझ रास्वपा केन्द्रीय समितिको बैठक भरतपुरमा बस्ने तय भएको छ । उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरुबाट शुभकामनासहित पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने जनाइएको छ ।

उद्घाटन सत्रलाई भव्य बनाउन चितवनको चिनारी झल्कने विभिन्न जातीय संस्कृति झल्कने नाँचहरू पनि प्रर्दशन गर्ने तयारी छ । ८ गते बिहानदेखि बन्दसत्रका कार्यक्रम सुरु गर्ने रास्वपाको तयारी छ ।

भरतपुरको गेस्ट हाउस चौरमा हुने उद्घाटन समारोहका लागि घामपानी छेक्ने छानोसहितको ‘जर्मन ह्याङ्गर’ तयार गरिएको छ । तीनवटा सेक्सनमा तयार गरिएको ह्याङ्गरमा ५ हजारसम्म कुर्सी राख्न मिल्छ ।

काठमाडौंको मिडिया स्पेस सोलुसनले बनाउँदै गरेको संरचनामा मुख्य खण्ड २० मिटर चौडा र ७५ मिटर लम्बाइको रहनेछ । बाँकी ३० मिटर लम्बाइ र २० मिटर चौडाइ भएका दुईवटा सहायक खण्ड रहनेछन् ।

यिनको उचाइ बीचको भागमा २४ फिट र छेउको उचाइ १६ फिट रहनेछ । यस भित्र १० हजार जति अटाउन सक्ने जनाइएको छ ।

रास्वपाले उद्घाटन सत्रका लागि स्वतस्फुतस् रुपमा आफैं व्यवस्थापन गरेर सहभागी हुन आह्वान गरेको छ । चैत ७, ८ र ९ गते हुने रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्र गेस्ट हाउस चौरमा भए पनि बन्दसत्र भने चितवन उद्योग संघको हलमा गर्ने गरी व्यवस्थापन गरिएको छ ।

असार ७ गते दिउँसो २ बजे उद्घाटन समारोह सुरु गर्ने तयारी छ । रास्वपाको महाधिवेशन उद्घाटन पूर्वी चितवनको टाँडीमा गर्ने भनिए पनि अन्तिम समयमा आएर भरतपुर सारिएको थियो ।

होटल स्टारमा उद्घाटन सत्र समारोहका लागि बाँसको पण्डाल तयार हुँदै गर्दा महाविधेशन उद्घाटनस्थल परिवर्तन गरिएको हो । पण्डाल लगायतका संरचना बनाउन ७ लाख जति खर्च भइसकेको जनाइएको छ ।

हालसम्म कुनै पनि राजनीतिक प्रकृतिका कार्यक्रम गर्न नदिएको चितवन उद्योग संघले प्रर्दशनी केन्द्रका हल रास्वपाको बन्दसत्र गर्नका लागि अनुमति प्रदान गरेको छ ।

सरकारबाट हल सञ्चालनको अनुमति लिँदा नै औद्योगिक र विपद्जन्य कामबाहेक अन्य प्रयोजनका लागि नदिन सम्झौता भएकोले सुरुमा हल दिन संघले आनाकानी गरेको थियो ।

तर, पछि उद्योग मन्त्रालयले बन्दसत्र गर्नका लागि हल रास्वपालाई ३ दिनका लागि दिन अनुरोधसहितको पत्र पठाए पछि हल दिन संघ तयार भएको हो ।

 

प्रकाशित : 19 June, 2026

प्रतिक्रिया दिनुहोस्