नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइयो

सहयात्रा टिभी

काठमाडौँ । असार ९, सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।

 

उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो । पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ ।

पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए । त्यहीक्रममा उनी पक्राउ परेका थिए । उनलाई राति नै प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याएको हो ।

उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनको निवासमा पनि छापा मारेको थियो ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 23 June, 2026

प्रतिक्रिया दिनुहोस्