प्रधानमन्त्रीको सचिवालयका सुदीप र प्रकृति रास्वपा खुलातर्फ केन्द्रीय सदस्य उम्मेदवार

सहयात्रा टिभी

काठमाडौँ । असार ९, प्रधानमन्त्री बालेन शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार ई। सुदीप ढकाल र स्वकीय उप–सचीव प्रकृति ढकाल रास्वपाको चितवन महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

पाल्पा स्थायी ठेगाना रहेका सुदीप ढकाल यस अघि समानुपातिक उम्मेदवारको खस आर्य क्लसटर्को दोश्रो नम्बर रहेता पनि सांसद बन्नबाट रोकिएका थिए । त्यस्तै लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेकी प्रकृति ढकाल चितवन बासी हुन् ।

रास्वपाको महाधिवेशन चितवनमा जारी छ । आजैबाट बन्द सत्र सुरु हुने बताइएको छ । हिजो सुरु हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण अघि बढ्न सकेको थिएन ।

 

प्रकाशित : 23 June, 2026

प्रतिक्रिया दिनुहोस्