एमाले संसदीय दलको जारी बैठकमा ओलीले सम्बोधन गर्दै

सहयात्रा टिभी

काठमाडौँ । असार ९, नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बैठक स्रोतका अनुसार, अध्यक्ष ओलीले समसामयिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल हिजोमात्रै सुर्खेतबाट पक्राउ परेका थिए ।

उनी पक्राउ परेपछि एमालेको संसदीय दलको बैठक बसेको हो । एमालेले आजै सचिवालय बैठक पनि बोलाएको छ ।

साँझ ६ बजे ओली निवास गुण्डुमा बैठक बस्न लागेको हो ।

 

 

प्रकाशित : 23 June, 2026

प्रतिक्रिया दिनुहोस्