रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यको मतदात ८ बजेपछि

सहयात्रा टिभी

काठमाडौँ । असार १०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।


चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता भएका छन् । राति १२ बजेसम्म उम्मेदवारी दर्ता हुने र आज बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । चार हजार ५ सय भन्दा बढी मतदातालाई मतदान गर्न आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित : 24 June, 2026

प्रतिक्रिया दिनुहोस्