आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित

सहयात्रा टिभी

काठमाडौँ । असार १२,  प्रतिनिधिसभा बैठक पुन: स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

भोलि (शनिबार) बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो । योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो ।

संसद् सचिवालयले ‘विशेष कारण’ बैठक स्थगित गरिएको जानकारी गराएको छ ।

 

 

प्रकाशित : 26 June, 2026

प्रतिक्रिया दिनुहोस्