आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित
सहयात्रा टिभी
काठमाडौँ । असार १२, प्रतिनिधिसभा बैठक पुन: स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

भोलि (शनिबार) बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो । योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो ।
संसद् सचिवालयले ‘विशेष कारण’ बैठक स्थगित गरिएको जानकारी गराएको छ ।
