कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । असार १५, कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने, हत्यासम्म गर्ने प्रकृतिको अभिव्यक्ति दिएका थिए ।

प्रकाशित : 29 June, 2026

प्रतिक्रिया दिनुहोस्