अर्थ समितिको बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौँ । असार १६, संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनका साथै उपसमितिहरुको हालसम्मको कामकारबाही सम्बन्धी छलफल गर्ने कार्यसूची रहेको छ ।
