लगातार घटेको सेयर बजार बुधबार ४४ अंक बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । असार १७, बुधबार सेयर बजार ४४.५९ अंक बढेको छ । अघिल्ला सात कारोबार दिनसम्म लगातार घटेको बजार बुधबार बढेको हो ।

यो वृद्धिसँगै नेप्से परिसूचक २६५२ अंकमा कायम भएको छ । बुधबार बजार दिनभरजसो हरियो अंकमा रह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८६ करोडको भयो ।

२५२ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । उत्पादन, जलविद्युत् र व्यापार समूह २ प्रतिशतभन्दा धेरै बढे ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ५.२१ प्रतिशत घट्यो । त्यस्तै धौलागिरि लघुवित्तको ४, अपर स्याङ्गेको ३.५५ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र राधि विद्युत् क्रमशः रहे ।

 

प्रकाशित : 1 July, 2026

प्रतिक्रिया दिनुहोस्