एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थपको आदेश

सहयात्रा टिभी

काठमाडौँ । असार २४, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध पुनस् ५ दिन म्याद थप भएको छ । विशेष अदालका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार फेरि म्याद थपको आदेश दिएको हो।

पौडेलविरुद्ध आज चौथो पटक अदालतले म्याद थप भएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी छ ।

यसअघि पौडेलपत्नी दोमाया पौडेलले आफ्ना श्रीमान्‌लाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सो रिट असार १८ गते खारेज भइसकेको छ ।

 

प्रकाशित : 8 July, 2026

प्रतिक्रिया दिनुहोस्