सुकुमवासीलाई गाँस, बास र कपास माग्दै विभिन्न दलनिकट संगठनहरूले प्रदर्शन गरे

सहयात्रा टिभी

काठमाडौँ । असार २५, सुकुमवासीलाई गाँस, बास र कपासको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै विभिन्न दलनिकट संगठनहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले सुरक्षित पुनर्स्थापना, भू–स्वामित्व सहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित गर्न, गाँस, बास र कपासको प्रत्याभूतिको माग गरेका छन् ।

प्रदर्शनमा उनीहरूले बोल्न दे, मानव धिकारको प्रत्याभूति गर लगायत लेखेका प्लेकार्ड पनि बोकेका छन् ।

 

प्रकाशित : 9 July, 2026

प्रतिक्रिया दिनुहोस्