२०८३ साल असार २७ गते शनिबारको राशिफल
सहयात्रा टिभी
काठमाडौँ । असार २७, २०८३ साल असार २७ गते शनिबार सन् २०२६ जुलाई ११ तारिख। असार कृष्ण पक्षको द्वादशी तिथि। विश्व जनसंख्या दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

द डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। सहयोगी साथीको जमघट हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।
वृष : स्वास्थ्यमा सम:या हुनेछ। आफन्त टाढा हुने भएकाले सचेत बन्नुपर्ने छ। गोप्य कुरा मनमै राख्नु उचित हुन्छ।
मिथुन : बोलीको प्रभावले काम बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। प्रतिभाको प्रदर्शन गर्ने दिन छ। सिर्जनात्मक क्षेत्रमा जाँगर चल्नेछ। परिवारका सद:यले विरोध गरे पनि समाजले तपाईंको प्रशंसा गर्नेछ।
कर्कट : जमिन सम्बन्धी कारोबारमा फाइदा हुनेछ। आफन्तको साथले काम बन्ने दिन छ। राजनीतिक क्षेत्रमा तपाईंको पहुँच वि:तार हुनेछ। संगठन वि:तार हुनेछ। परिवारसँग गोपनीयता भंग नगर्नु उचित हुन्छ।
सिंह : आम्दानी बढ्दा मनमा उत्साह थपिनेछ। पारिवारिक मेलमिलाप हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। पिपलको दर्शन मात्र गरेमा पनि दिन सहज बन्ने छ।
कन्या : पठनपाठनमा जोस र जाँगर बढ्नेछ। लागनी गरेको भए फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले काम सहजै बन्ने छ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
तुला : श्रमको मूल्य प्राप्त हुनेछ। तपाईंको अगाडि मिठो कुरा गरेर आक्रमण गर्ने साथीसँग सचेत बन्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर मिल्नेछ।
वृश्चिक : दाजुभाइसँगको सहकार्यले भाग्यको उदय हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा रमाइलो घुमघामको यात्रा तय हुनेछ।स्वास्थ्यमा सम:या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
धनु : शिक्षामा शुभ खबर सुन्नाले मन प्रशन्न हुनेछ।स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। मन आशान्त बन्ने छ। संकटमा परिवारको साथ मिल्नेछ।
मकर : सोचेको काम नबन्दा मनमा खिन्न हुनेछ।स्वास्थ्यले साथ दिँदा मन शान्त बन्ने योग छ। राजनीतिक क्षेत्रमा भने ठगले सताउने भएकाले सचेत बन्नु उचित हुन्छ।
कुम्भ : यात्रामा अनावश्यक खर्च हुनेछ। साथीले विरोध गर्ने जोखिम छ। स्वास्थ्यले साथ नदिँदा मन अशान्त बन्ने छ। परिवारको सल्लाहमा काम गर्नु राम्रो हुन्छ।
मीन : सानो कुराले मनमा खुसी मिल्नेछ। आम्दानीका दृष्टिले फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। विपक्षीसँग थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।
