गगनलाई पनि बालेन जस्तै एक्लै चलाउने रोग लागेको छ : महत

सहयात्रा टिभी

काठमाडौँ । साउन ६, नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन कुमार थापालाई एक्लै चलाउने रोग लागेको टिप्पणी गरेका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजित बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा आयोजति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । गिरिजाप्रसाद कोइरालाले समेत सबैसँग सल्लाह गर्ने गरेको उनले स्मरण गरे ।

‘गिरिजाबाबुले समेत सोध्नुहुन्थ्यो, मलाई यस्तो लागेको छ, के गर्ने हो तिमिहरू भन भन्नुहुन्थ्यो । तर, आज सबैलाई एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ,’ उनले भने, ‘देशको प्रधानमन्त्री एक्लै चलाउन चाहनुहुन्छ, सत्ताधारी पार्टीको नेता एक्लै चलाउन चाहनुहुन्छ ।

प्राविधिक रुपमा विशेष महाधिवेशनबाट नेतृत्वमा आउनुभएको नेता गगनजी हुनुहुन्छ, उहाँलाई पनि एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ ।’ पार्टीको विचार र सिद्धान्त त्यस्तो नभएको उनको भनाइ छ ।

 

प्रकाशित : 22 July, 2026

प्रतिक्रिया दिनुहोस्