होर्मुज स्ट्रेटमा समुद्री माइनमा ठोक्किएर तेल ट्यांकरमा आगलागी

सहयात्रा टिभी

काठमाडौँ । साउन ११, स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएर एक तेल ट्यांकरमा आगलागी भएको छ । इरानी समाचार संस्थाका अनुसार ट्यांकर तेहरानले तोकेको समुद्री मार्ग छाडेर अर्को बाटोबाट गुज्रिरहेको तेल ट्यांकर बारूदी सुरङ (नेभल माइन)मा ठोक्किएको थियो ।

इरानले यसअघि पनि आफ्ना अधिकारीहरूले निर्धारण गरेको मार्गभन्दा बाहिरबाट जहाज सञ्चालन गरे त्यसको जिम्मेवारी सम्बन्धित जहाज स्वयंले लिनुपर्ने चेतावनी दिँदै आएको थियो । यद्यपि यस घटनाबारे इरानी अधिकारीहरूले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । घटनामा भएको क्षति वा मानवीय हताहतबारे पनि पुष्टि भएको छैन ।

फेब्रुअरीदेखि अमेरिका–इरानबीच सैन्य द्वन्द्व सुरु भएपछि कुनै जहाज समुद्री माइनमा परेको यो पहिलो घटना हो । होर्मुज स्ट्रेटमा इरानले द्वन्द्वका क्रममा नेभल माइन बिछाएको थियो । युद्धविरामपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती माइन हटाउन निर्देशन दिएका थिए। यसबीच पछिल्लो २४ घण्टामा क्षेत्रीय सुरक्षासँग सम्बन्धित थप पाँच महत्वपूर्ण घटनाक्रम सार्वजनिक भएका छन् ।

 

प्रकाशित : 27 July, 2026

प्रतिक्रिया दिनुहोस्