धनुषामा आज बिहान ६ बजेदेखि ८ बजेसम्म कर्फ्यु खुकुलो
सहयात्रा टिभी
काठमाडौँ । साउन १५, धनुषामा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ । आज बिहान ६ बजेदेखि ८ बजेसम्म कर्फ्यु खुकुलो बनाइएको हो ।

प्रमुख जिल्ल अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार बिहानको समयमा दूध, तरकारी, फलफूल तथा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किनमेलका लागि कर्फ्यु खुकुलो गरिएको हो । बिहान ८ बजेभित्र अत्यावश्यक सामग्री खरिद गरी निवासमा फर्किएर कर्फ्यु पालना गर्न उनले सबैलाई आग्रह गरेका छन् ।
कर्फ्युको समयमा अत्यावश्यक सेवा नियमित सन्चालन हुने र स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी र रेडक्रस, तिर्थयात्री, बिरामी, एयरपोर्ट आउजाउ गर्ने व्यक्तिहरुलाई भने परिचयपत्रको आधारमा आउत जावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
