मुग्लिन–नारायणगढ सडकमा पहिरो: दुईतर्फी आवागमन अवरुद्ध

सहयात्रा टिभी

काठमाडौँ । साउन २०, आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डको (ch २४+६५०) मा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार बिहान ७:०५ बजे पहिरो खसेपछि सडक ठप्प भएको हो। अहिले सडक डिभिजनका उपकरणहरू पहिरो हटाउने कार्यमा परिचालन भइसकेका छन्। पहिरो पन्छाएर सडक आवागमन पूर्णरूपमा सञ्चालनमा आउन करिब १ घण्टा लाग्ने अनुमान गरिएको छ।

प्रकाशित : 5 August, 2026

प्रतिक्रिया दिनुहोस्