जेनजी घाइतेहरूले बबरमहलमा गरे कार्यालय स्थापना
सहयात्रा टिभी
काठमाडौँ । साउन २१, जेनजी आन्दोलनमा घाइते भएकाहरूले काठमाडौंको बबरमहलमा कार्यालय स्थापना गरेका छन् ।
उनीहरूले ‘घाइते जेन(जेड नेपाल’ को नाममा केन्द्रीय कार्यालय खोलेका हुन् । केन्द्रीय कार्यलयको उद्घाटन जेनजी आन्दोलनका शहीद श्रीयम चौलागाईंका बुवा गणेशले गरेका छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी भएका थिए ।

