ढल्केबरमा आन्दोलन ट्रमा सेन्टर बन्नु पर्ने माग
सहयात्रा टिभी
काठमाडौँ । साउन २२, ट्रमा सेन्टर प्रस्तावित ठाउँमै बन्नुपर्ने माग राख्दै धनुषाको ढल्केवरमा चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ । संघर्ष समितिले ढल्केवरमा आज बिहान पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो ।
बुधबार सदनमा स्वास्थ्यमन्त्री लाहानमा बन्ने जानकारी गराएकी थिइन् । यसपछि ढल्केबर क्षेत्रमा विरोध सुरु भएको छ । शुक्रबार पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक समेत रहेका मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले आन्दोलनबारे जानकारी गराएका छन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत २३ साउनमा राँके जुलुस प्रदर्शन गर्ने २४ साउनमा पूर्वपश्चिम राजमार्गको ढल्केबरमा आधा घण्टा चक्काजाम गर्ने २५ साउनमा क्रमशः १ घण्टा चक्काजाम गर्दै जाने निर्णय गरिएको छ ।
यस्तै २६ साउन बिहान ११ बजेदेखि १२ बजेसम्म र २७ साउन बिहान ११ बजेदेखि १ बजेसम्म चक्काजामको कार्यक्रम रहेको संघर्ष समितिका संयोजक समेत रहेका मेयर महतोले जानकारी दिए ।

