कपिलवस्तुका पूर्वमेयर किरण सिंह हराए, माेटरसाइकल जंगलमा भेटियाे

सहयात्रा टिभी

काठमाडौँ । साउन २३, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कबिहीन भएका छन् । उनी चढ्ने मोटरसाइकल जंगलमा भेटिए पनि उनी भेटिएका छैनन् ।

सम्पर्कविहीन भएका पूर्वमेयर सिंहलाई हिजो रातिसम्म खोजेको प्रहरी, स्थानीय र आफन्तले आज बिहानदेखि फेरि खोजी जारी राखेका छन् । राति डेढ बजेसम्म खोजी गर्दा पनि नभेटिएपछि शनिबार बिहानदेखि पुनः गोरुसिङ्गे जङ्गलमा खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेसहितको टोलीले बिहानदेखि खोजी कार्य जारी राखेको हो ।

गएराति प्रहरी स्थानीय बासीसहित हजारौँको संख्यामा रहेका टोलीले ढेकहरी क्षेत्रको आसपासका धेरै क्षेत्रमा खोजी कार्य गरेको थियो । पूर्व मेयर सिंहले ढेकहरीमा व्यावसायिक फार्म खोल्ने तयारीका क्रममा यसअघि पनि पटकपटक त्यहाँ जाने गरेका थिए।

प्रकाशित : 8 August, 2026

प्रतिक्रिया दिनुहोस्