२०८३ साल साउन २६ गते मंगलबारको राशिफल

सहयात्रा टिभी

काठमाडौँ । साउन २६, २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६ अगष्ट ११ तारिख। साउन कृष्ण पक्षको चतुदर्शी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ। विरोधी सक्रिय छन्। आफ्नो भनेको साथी विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

वृष : दिन राम्रो छ। आज बोलीको प्रभावले काम बन्नेछ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ। राजनीतिक नियुक्तिको अवसर प्राप्त होला। शिक्षामा सफलता मिल्नेछ।

मिथुन : दिन राम्रो छ। सोचेको काम बन्नेछ। गुरुसँगको भेटले मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। हरेक काममा थप मिहिनेत आवश्यक छ।

कर्कट : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यमा सुधार हुनेछ। समाज र परिवारमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

सिंह : दिन सामान्य छ। साथीभाइ नै विरोधमा सक्रिय छन्। आज सोचेर मात्र बोल्नु उपयुक्त हुनेछ । तपाईंले विश्वास गरेका पात्र विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। धार्मिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। समाजमा सम्मान प्राप्त गर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शुभ दिन छ । सोचेका काम बन्नेछन् । कतै रमाइलो यात्रा हुनेछ । प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । शिक्षामा सुधार हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

वृश्चिक : दिन राम्रो छ। प्रतिभाको प्रदर्शन गर्नुपर्ने छ। मानसम्मान प्राप्त हुनेछ । विपक्षी शान्त भएकाले काम सहजै बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

धनु : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। आज जोगिएर काम गर्नुपर्ने दिन छ । हरेक काममा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ ।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। स्वदेशमै रोजगारीको विकल्प देखेर मन रमाउने छ। स्वास्थ्य र शिक्षाको लगानीबाट उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुने देखिन्छ।

कुम्भ : दिन सामान्य छ। खर्च बढ्नेछ। तपाईंमाथि व्यवहारिक बोझ थपिने छ। काममा अवरोध हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

मीन : दिन राम्रो छ। साथीसँगको भेटले मन प्रशन्न हुनेछ। सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। व्यापामार थप मिहिनेत गर्नु उचित हुन्छ ।

प्रकाशित : 11 August, 2026

प्रतिक्रिया दिनुहोस्