स्याङ्जामा अरौंदी खोलाले बगाउँदा एक युवक बेपत्ता भए
सहयात्रा टिभी
काठमाडौँ । साउन २९, स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।
अविरल वर्षापछि बढेको खोलाले पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगरलाई बगाएको हो ।
गएराति मोटरसाइकलमा पुतलीखेतबाट स्याङ्जा बजारतर्फ आउँदै गरेका मगर अरौंदी खोलाको कजवे पार गर्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार मगर ग ११ प ८१८३ नम्बरको मोटरसाइकलमा सवार थिए । कजवे तर्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाए पनि मोटरसाइकल भने घटनास्थलमै फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठौरले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीद्धारा बेपत्ता मगरको खोजी भइरहेको जानकारी दिए ।

