दोलखाको पर्यटकीय क्षेत्र खरीढुंगा (तस्बिरहरू)
सहयात्रा टिभी
काठमाडौँ । साउन ३०, दोलखा जिल्लाको भीमेश्वर नगरपालिकास्थित खरीढुंगा चरिकोट नजिकैको रमणीय पहाडी तथा पर्यटकीय गन्तव्य हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा शान्त वातावरणमा परिवार तथा साथीभाइसँग घुमफिर र मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

दोलखा प्रवेश गर्ने मुख्य मार्गमा पर्ने खरीढुंगा चरिकोट हुँदै जिल्लाका विभिन्न पर्यटकीय स्थलतर्फ जाने क्रममा भेटिने आकर्षक ‘हिल स्टेसन’का रूपमा समेत परिचित छ। यहाँबाट आसपासका हरियाली पहाड तथा प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ।



तस्बिर : नेपाल न्यूज बैंक
