देउवा समूहको राष्ट्रिय भेलाले पारित गरेको ५ बुँदा

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१, नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला पाँच वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको यो समूहको दुई दिने भेलाले पार्टीको १५औं महाधिवेशनदेखि धर्म र संस्कृतिसम्मको प्रस्तावहरू पारित गरेको हो।

भेलाले पार्टीको १५औं महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने, १५औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कामकारबाही देउवाको निर्देशनमा राष्ट्रिय भेलाको संयोजकले संयोजन गर्दै जाने प्रस्ताव पारित गरेको छ। यो भेलाको संयोजक डा शशांक कोइराला थिए।

यो समूहले पार्टी सभापति देउवालाई नै मान्दै आएको छ। गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति चयन भएका छन्। यस विषयमा यो समूहले पुनरावेदनसमेत दिएको छ। सर्वोच्चले पुनस्सुनुवाइको आदेश गरिसकेको छ।

 

प्रकाशित : 16 August, 2026

प्रतिक्रिया दिनुहोस्