धनकुटामा बस दुर्घटना हुँदा तीन जना घाइते

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१, धनकुटामा यात्रुबाहक बस दुर्घटनामा परेको छ। जिल्लाको साँगुरीगढी गाउँपालिका- ६ चारखोले गोलाइस्थित कोशी लोकमार्गमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।


जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार बिहान धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा तेह्रथुमको छथर गाउँपालिका-१ की ११ वर्षीया नुमा लिम्बू, छथर गाउँपालिका-४ का ६९ वर्षीय कविराज थापा र सोही स्थानकी ५६ वर्षीया शुकमाया लिम्बू घाइते भएका हुन्।

घाइते तीनै जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित : 16 August, 2026

प्रतिक्रिया दिनुहोस्