कांग्रेसले अधिवेशनमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

सहयात्रा टिभी

काठमाडौँ । भदौ २, नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ । समितिले १५औं महाधिवेशन अन्तर्गत जिल्लाहरूमा तोकिएका निर्वाचन अधिकृतहरूलाई मंगलबार प्रशिक्षण दिने भएको हो ।

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मंगलबार दिउँसो २ बजे सानेपामा प्रशिक्षण कार्यक्रम राखिएको छ । उनका अनुसार प्रशिक्षण कार्यक्रममा सभापति गगन थापा पनि उपस्थित हुनेछन् । कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी १६ देखि १९ असोजमा १५औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : 18 August, 2026

प्रतिक्रिया दिनुहोस्