तनहुँको सेती नदीमा टिपर खस्दा चालक बेपत्ता
सहयात्रा टिभी
काठमाडौँ । भदौ ७, तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीबाट सेती नदीमा टिपर खस्दा चालक बेपत्ता भएका छन् ।
तनहुँ जलविद्युत् आयोजनाको प्याकेज एकको निर्माण कम्पनी कालिका हाइड्रोपावरको ना.१ क ७२४७ नम्बरको टिपर सेती नदीमा खसेको हो।
चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। नेपाली सेना र नेपाल प्रहरीले शनिबार साँझदेखि नै बेपत्ता चालकको खोजी गरिरहेका छन्। चालकको नाम भने प्ररहीले सार्वजनिक गरेको छैन।

