रवि लामिछाने खोज्दै घण्टीघर पुगे मुख्यमन्त्री किरण थापामगर

सहयात्रा टिभी

काठमाडौँ । भदौ १४ , प्रधानमन्त्री वालेन्द्र शाहले बाढी पहिरो प्रभावितलाई राहत वितरण गर्नेबारे छलफल गर्न सिंहदरबार बोलाएर पनि भेट नदिई सल्लाहकारसँग कुरा गराएपछि मुख्यमन्त्री किरण थापामगर घण्टीघर पुगेका छन् ।

बिहान ११ बजे प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा संघीय सरकारले राहत वितरण गर्न नसकेको स्वीकार गर्दै सल्लाहकारहरूले प्रदेशले स्थानीय तहसँग समन्वय गरेर राहत बाँड्न आग्रह गरेका थिए । दिउँसो ३ बजेट प्रधानमन्त्रीले समेत भेट्ने र त्यसपछि मोडालिटी तय गर्ने भनेर उनी सिंहदरबारबाट हिँडेका थिए ।

एमाले कार्यालयमा ब्रिफिङलगत्तै प्रधानमन्त्री भेट्न निर्धारित समयमा सिंहदरबार पुगेका मुख्यमन्त्रीलाई बालेनका सुशासन मामिला विज्ञ सुदीप ढकालसँग भेटाइयो । प्रधानमन्त्रीले हेपाहा र गैरजिम्मेवार चरित्र देखाएको भन्दै आक्रोशित बनेर निस्केका उनी सीधै रास्वपा केन्द्रीय कार्यालय पुगेका थिए ।

सभापति लामिछाने र मुख्यमन्त्री थापा मगरबीच बाढी प्रभावितको राहत,उद्धार तथा पुननिर्माण लगायतका मानवीय सहायताका विषयमा छलफल भएको रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले बताए ।

रविले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेरै सरकारले राहतका काम अघि बढाउने र तीनै तहका सरकारले मिलेर विपत्तिको सामना गर्नुपर्ने बताएका छन् ।

 

प्रकाशित : 30 August, 2026

प्रतिक्रिया दिनुहोस्