चितवनमा भेटिएका १ सय ६२ शव जमिनमुनि व्यवस्थापन गरिने

सहयात्रा टिभी

काठमाडौँ । भदौ १४ , चितवनमा भेटिएका २ सय ७२ मध्ये १ सय ६२ शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकार सम्मेलनमार्फत १० शव आफन्तलाई जिम्मा लगाइएको जानकारी दिँदै बाँकी शव आज नै जमिनमुनि व्यवस्थापन गरिने जानकारी दिए ।

उनका अनुसार सबै शवबाट आज डीएनएको लागि नमुना संकलन गरिनेछ । पत्रकार सम्मेलनमा दुई सयबढी शवको डीएनए नमुना लिइसकेको पनि जानकारी गराइएको छ ।

उनका अनुसार भदौ ११ गते निर्माण गरेर शवको अस्थायी व्यवस्थापन गरिएको औद्योगिक प्रतिष्ठानको अस्थायी शव व्यवस्थापन केन्द्र आजदेखि खाली गरिने छ । भने, चितवन उद्योग संघमा आफन्तलाई पहिचानको लागि गरिएको शवको डिस्प्ले पनि आजदेखि नै बन्द गरिनेछ ।

भरतपुर महानगरपालिका १, मा पर्ने देवघाटको जङ्गमा माटोमुनि व्यवस्थापन गरिने सबै शवको डीएनए सङ्कलन गरिएको पनि जनाइएको छ ।

पत्रकार सम्मेलनमा सबै शवको डीएनए सँगै शवमा नै तारले बाँधेर फलामको नम्बर प्लेट राखिने पनि जानकारी दिइएको थियो । प्रजिअ अर्यालले शवको माथि पनि फलाममा नै लेखिएको नम्बरसहितको प्लेट ढलान गरिएको गमला बनाएर राखिएको बताए ।

उनका अनुसार डीएनएको नमुना, शव र शव गाडिएको माथि गरि तीन ठाउँमा पहिचान खुल्नेगरि नम्बर प्लेट राखिएको छ । आफन्तले तस्बिर मिलेजस्तो लागेमा अन्य तस्बिरहरु पनि हेरेर कानूनी प्रकृया पूरा गरी शव लैजान सकिने उनले जानकारी दिए ।

 

प्रकाशित : 30 August, 2026

प्रतिक्रिया दिनुहोस्